सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र साहले नियुक्त गरेको पहिलो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साह लफडामा मुछिएपछि निजलाई वर्खास्त गरेर नियुक्त गरिएका दोश्रो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत कर्मचारी झन् डरलाग्दो धन्धामा लागेर समातिएका छन्।
मन्त्री रामजी यादवको हलुका सवारी चालक मुस्तकिम मियाँ गम्भीर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन्। सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–१ बल्थी घर भई हाल राजविराज नगरपालिका वडा नम्बर–३ पाख्रेल टोल बस्ने २७ वर्षीय मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।
उनलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरीका एसपी गौतम केसीले पुष्टी गरिसकेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर जितेका शम्भु यादवका ज्वाई मन्त्री रामजी उ बेला ससुराको सल्लाहकार हुँदा केही अपचलनमा जोडिएको उनलाई चिन्ने जान्नेले बताउन थालेका छन्। अहिले उनैले नियुक्त गरेका चालक गम्भीर अपराधमा जोडिएपछि स्वयम् मन्त्री माथि शंका गर्ने ठाउँ रहेको मन्त्रीलाई चिन्ने जान्नेले नै बताउन थालेका छन्।