आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जुर्यो साईत

आइतबार, वैशाख २७, २०८३

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद अधिवेशन आरम्भ भएको दिनमा ल्याउने भएको छ । 

संघीय संसदको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुँदै छ ।

यसअघि २५ वैशाखमा सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारबाट आग्रह भएपछि राष्ट्रपति कार्यालयले त्यसको तयारी भएको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्