ललितपुरको सिडिओ आजैदेखि खाली, सर्लाहीको सिडिओ झोलीतुम्ली कस्दै

बिहीबार, वैशाख २४, २०८३

ललितपुरका सिडिओ सहसचिव प्रेमप्रसाद भट्टराई आज बैशाख २४ गते देखिअनिवार्य अवकाशमा गएछन्। आजैबाट ५८ वर्ष लागेर उनी घर गएका हुन् ।

गत कार्तिक ९ गते उनलाई ललितपुरको सिडिओ बनाएर पठाईएको थियो ।भट्टराई त्यसअघि कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक थिए । जिल्ला प्रशासन कार्यालय ललितपुरले भट्टराईको जन्मदिन मनाएर विदाई गरेको छ ।

त्यस्तै बैशाख २६ गते ५८ वर्ष लागेर अर्का सहसचिव पुष्कर न्यौपाने अनिवार्य अवकाशमा जाँदैछन्।

सहसचिव भरत गौतम जेठ ३ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सहसचिव गौतम हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन्। सहसचिव रामुराज कडरिया असार ३ गते अनिवार्य अवकाशमा जानेछन्। ५८ वर्ष लागेर घर जान लागेका सहसचिव कडरिया सर्लाहीको प्रमुख जिल्ला अधिकारी हुन्। सहसचिव ध्रुव गिरी असार १२ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्। 

चालू आर्थिक वर्षमा अवकाशमा कूल २८ सहसचिव घर जाने भएका हुन् । केही दिन अघिमात्र दीर्घराज मैनाली घर गईसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १६:४१
प्रतिक्रिया दिनुहोस्