सोसल मिडिया
युनिकोड
‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ले अघिल्लो सरकारले नियुक्त गरेका सबै शिकार भएका छन्। तर, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक जोगिदा त्यहाँका कर्मचारी अलमलमा परेका छन्।
कोषका सबै पदाधिकारी पदमुक्त हुँदा कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी भने जोगिएका छन्। सबैभन्दा पहिला पदमुक्त गर्नुपर्ने जोशी जोगिदा कोषकै कर्मचारी अल्मलिएका हुन्। कोषलाई भड्खालोमा जाक्न र नचाहिदो काम गर्न मात्र ध्यान दिने जोशी जोगिदा कर्मचारी वाक्क बनेका हुन्।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव, कोषाध्यक्ष, कार्यकारी निर्देशक र सात जना परिषद् सदस्यसहित १० जना उच्च तहमा रहने गरेका छन्। कोषका सदस्यसचिव प्रकाशमणि शर्मा, भुसाल र कोषाध्यक्ष श्रीधर सापकोटा पदमुक्त भएका हुन्। त्यस्तै सदस्यहरू बाबु शरण सुवेदी, रामेश्वर संगत, रेनुका पराजुली, भरतप्रसाद बडाल, शिक्षित पराजुली, हरिनाथ ढकाल र राजुकुमार खत्री एकमुष्ट रूपमा पदमुक्त भएका हुन्। तर जोशी जस्ताको त्यस्तै छन्। सर्वोच्च अदालतको आदेशलाई धोती लगाउन तम्सिने जोशीका कारण त्यहाँका रैथाने कर्मचारी आजित बनेका छन्।
नुवाकोटे माओवादी हितबहादुर तामांग संस्कृति मन्त्री हुँदा कोषको कार्यकारी निर्देशक पड्काएका जोशी प्रचण्डकी कान्छी छोरी गङ्गा र ज्वाई जीवनको चर्को दबाबमा पशुपति पुगेका हुन्। कोषका तत्कालीन सदस्यसचिव मिलनकुमार थापालाई भ्रष्टाचार मुद्दा लागेपछि जोशी निमित्त सदस्यसचिव बनेका थिए। जोशी निमित्त सदस्यसचिव हुँदा सर्वोच्चको आदेशविपरीत तिलगंगादेखि गुहेश्वरीको बाटो खोलिएको थियो। बालेन सरकार आएपछि मात्र उक्त बाटो बन्द भएको हो। पार्किङको जग्गादेखि लिच्छवीकालीन ऐतिहासिक र पुरातात्त्विक विश्वरूपा मन्दिर निर्माण भुक्तानीसम्म उनी जोडिएका छन्। यस्ता विवादित पात्रको पद जोगिदा हलचल मच्चिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू भने प्राविधिक कारणले कोषका कार्यकारी निर्देशक जोशी पदमुक्त नभएको बताउँछन्। विनियमावलीमा भएको व्यवस्था अनुसार जोशी कार्यकारी निर्देशक बनेकाले उक्त कानुन संशोधन भएपछि मात्र जोशी पदमुक्त हुने मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
रेणु र गंगा दाहाल निकट जोशी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने क्रममा रातारात कोषको कार्यकारी निर्देशक बनेका थिए। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उनलाई कार्यकारी निर्देशक बनाएका थिए। उनलाई पदमुक्त गर्न मन्त्रालयले तुरुन्तै प्रकिया अगाडी बढाउने भएको छ। अध्यादेशको कोशीवाला बाढीमा बग्न बाट तत्काललाई जोगिएका जोशीलाई चांडै बढार्ने मन्त्रालयका अधिकारीको भनाई छ।