सोसल मिडिया
युनिकोड
‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका ७ वटा निकायका ३३ भन्दा बढीलाई एकमुष्ट पदमुक्त गरेको छ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार पशुपति क्षेत्र विकाश कोषका ९ जना पदमुक्त भएका छन्। पूर्व सचिव समेत रहेका कोषका कोषाध्यक्ष श्रीधर सापकोटा सहित सबै पदाधिकारी पदमुक्त भएका छन्। त्यस्तै पूर्व सभासद समेत रहेका पूर्व अर्थ राज्यमन्त्री ल्यार्क्याल लामा पनि पद मुक्त भएका छन्। लामा लुम्बिनी विकाश कोषका उपाध्यक्ष थिए। कोषमा लामा सहित ११ जना पदमुक्त भएका छन्।