सोसल मिडिया
युनिकोड
‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम ऊर्जा मन्त्रालयका विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् ।
ओली सरकारले २०८१ असार १० गते नियुक्त गरेका विद्युत् नियमन आयोगको अध्यक्ष सिन्धुपाल्चोकका डा. रामप्रसाद धिताललाई नियुक्त गरेको थियो। उनी सहित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य तथा सदस्यहरु रतनबहादुर ऐर, डा बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका हुन् ।
त्यस्तै नियमन आयोगमा धिताल संगै नियुक्त भएका डा. मधुसुधन अधिकारी र झमक प्रसाद शर्माको पनि जागिर गएको छ।अधिकारी काठमाडौंका र शर्मा संखुवासभाका हुन्। पूर्व उर्जा मन्त्री दीपक खड्काले ठाडो नियुक्ति गरेका शर्मा पनि सोत्तर पारिएका हुन्। त्यस्तै, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएका छन्।