बिचौलिया भट्टका हिमायती शेखर गोल्छा प्रहरीको निगरानीमा, फोनमा के सोधियो ?

बिहीबार, वैशाख १०, २०८३

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं व्यवसायी अध्यक्ष शेखर गोल्छाले आवश्यक पर्दा आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने बताएका छन्। 

हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष गोल्छालाई प्रहरीले सम्पर्कमा रहन भनेको छ। गोल्छा भैहरवा हुँदै भारत जान लागेको हल्ला फैलिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो। 

‘तपाई कहाँ हुनुहुन्छ भनेर आज प्रहरीबाट फोन आएको थियो। आवश्यक पर्दा तपाईँ प्रहरी कार्यालयमा आउनुपर्छ भन्नुभएको छ। मैले तपाईँहरूले बोलाएको समयमा आउँछु भनेको छु,’ गोल्छाले भने, ‘यत्रो विषय उठेको छ। अनुसन्धानमा सहयोग नगर्ने कुरै हुँदैन।’

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्