सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले बर्खास्त गर्छु भनेपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शाह सँगको एक घन्टे छलफलपछि उनले त्यहीं सिधै राजीनामा दिएका हुन्।
उनले गृहमन्त्री बनेको २७ दिनमा राजीनामा दिएका हुन्। यस अघि श्रम मन्त्री बनेको १३ दिनमा दीपक साहले राजीनामा दिएका थिए। बालेनले प्रधानमन्त्री बनेको २७ दिनमा दुई मन्त्रीलाई बिदा गरेका छन्।
विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन्।