बिचैलियासँग कुम जोडेर कुस्त कमाएको आरोप लागेका गृहमन्त्री बालेन्द्र भेट्न पुगे

बुधबार, वैशाख ९, २०८३

राजीनामाको दबाब थेगिरहेका गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अहिले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच संवाद चलिरहेको छ । 

बिचाैलियासँग मिलेर अकुत सम्पत्ति कमाएको आरोप लागेपछि गृहमन्त्रीको राजीनामाको माग चर्कोगरी उठिरहेको छ । तर गुरुङले भने राजीनामा नदिने बरु अझै हाई प्रोफाइलहरूलाई पक्राउ गर्ने तयारी गरेको बुझिएको छ । 

व्यापारिक घरानाका केही व्यक्तिलाई पक्राउको तयारीस्वरूप उनले हिजो प्रहरी महानिरीक्षकसँग घण्टाैँ छलफल गरेका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्