वालेनले तात्तातै आफूमाथि घन हानेको तोड सम्झदै १३ दिने मन्त्री दीपकले पोखे तितो

मंगलबार, वैशाख ८, २०८३

प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुदन गुरुङलाई लिखित स्पष्टीकरण सोधेको चर्चाबीच पूर्वमन्त्री दिपक साहले असन्तुष्टि जनाएका छन् ।

आफ्नो पहुँचको प्रयोग गर्दै श्रीमतीलाई स्वाथ्य बीमा बोर्डमा जागीर लगाउन भूमिका खेलेको भनेर तत्कालीन श्रममन्त्री साहलाई प्रधानमन्त्री शाहले सोधपुछ समेत नगरी बर्खास्त गरेका थिए । मन्त्री बनेको १३ दिनमै पद गुमाएका उनले त्यसबेला आफूलाई स्पष्टीकरणको मौकासमेत नदिइएको गुनासो सार्वजनिकरूपमा नै गरेका थिए ।

अहिले साहभन्दा चर्को विवादमा मुछिएका छन् गृहमन्त्री सुधन गुरुङ । केही दिनअघि सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि उनी विवादमा तानिएका हुन् । सामाजिक सञ्जालमा गुरुङको सम्पत्तिको स्रोत र व्यवसायी भट्टसँगको सम्वन्धलाई लिएर अनेकन प्रश्नहरू उठिरहेका छन् । तर, प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई जस्तो गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्ने संकेत देखाएका छैनन् ।

यसैबीच प्रधानमन्त्रीले गृहमन्त्रीलाई लिखित स्पष्टीकरण सोधेको चर्चा चलेको छ, जसको आधिकारिक पुष्टि भने भएको छैन । यही चर्चालाई संकेत गर्दै पूर्वश्रममन्त्री साहले सामाजिक सञ्जालमा एक शब्दको स्टटास लेखेका छन– स्पष्टीकरण… । अहिले गृहमन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीले आफूलाई चाहिँ किन त्यो मौका दिएनन् भन्ने उनको आशय झल्किन्छ । गृहमन्त्रीमाथि अनेकौं प्रश्नहरु उठेपछि उनलाई बर्खास्त गरेर तत्काल छानविन हुनुपर्ने माग चौतर्फी बढ्दो छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्