बिहानै नेपाल उत्रिएका अमेरिकी उपसहायकमन्त्रीले रवि लामिछानेसँग आँखा जुधाए

सोमबार, वैशाख ७, २०८३

नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायकमन्त्री समीर पल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

आज बिहान काठमाडौं ओर्लिएका कपुरले लामिछानेसँग भेट गरेर राजनीतिक भेट अघि बढाएका हुन् । अहिलेको सरकार बनाएको दलको सभापति लामिछानेसँग भेट गरेपछि अन्य अधिकारीसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

रास्वपाका वरिष्ठ नेता  वालेन्द्र शाह  प्रधानमन्त्री भएपछि नेपाल आउने अमेरिकी उच्च अधिकारी कपुर  हुन् । 
लामिछानेलाई बूढानीलकण्ठस्थित निवासमै भेट्न गएका हुन् ।

अमेरिकी दूतावासका अनुसार नेपालमा रहँदा उनले सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता र सांस्कृतिक विज्ञहरूसँग पनि भेटघाट गर्नेछन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १३:४९
प्रतिक्रिया दिनुहोस्