घाम उदाए लगत्तै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल ओर्लिए 

सोमबार, वैशाख ७, २०८३

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आइपुगेका छन् । उनी सोमबार बिहान सवा ६ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सुरक्षा स्रोतले जनाएको छ ।

उनी वालेन्द्र शाह नेतृत्वको सरकारसँग सम्बन्ध सुदृढ गर्ने प्रयासका लागि नेपाल आइपुगेको जनाइएको छ। तीन दिने भ्रमणका लागि नेपाल आएका उनले काठमाडौंमा उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ११:२९
प्रतिक्रिया दिनुहोस्