रास्वपा दलको उपनेतामा गणेश, दुई पूर्व पत्रकार सचेतक नियुक्त

बिहीबार, वैशाख ३, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संसदीय दलकाे उपनेतामा गणेश पराजुली चयन भएका छन् । बिहीबार सिंहदरबारमा बसेकाे बैठकले पराजुलीलाई दलकाे उपनेतामा चयन गर्ने निर्णय गरेकाे हाे ।

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह दल नेता हुन् । बैठकले रास्वपाले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलाई बनाउने निर्णय गरेको छ । 

यसैगरी सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको रास्वपाले जनाएकाे छ । परियार र धिताल दुवै पूर्व पत्रकार हुन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्