प्रधानमन्त्री वालेनले डाकेको बैठकमा पाँच मुख्यमन्त्री मात्रै पुगे, के भयो कुरा ? 

बिहीबार, वैशाख ३, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।

विकास निर्माणलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ–प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा छलफल केन्द्रित रहेकाे थियाे ।

छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण सन्देश दिएको प्रधानमन्त्री शाहकाे सचिवालयले जनाएकाे छ । छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएका छन् । कोशीका मुख्यमन्त्री हिक्मत कार्की आमाको आशौच र सुदुरका मुख्यमन्त्री उपचारका लागि देश बाहिर भएकाले उपस्थित हुन सकेनन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १७:३१
प्रतिक्रिया दिनुहोस्