वालेन सरकारले गठन गर्यो सम्पत्ति जाँचबुझ आयोग, कहिलेदेखिको हुन्छ छानबिन ?

बुधबार, वैशाख २, २०८३

सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गर्ने निर्णइ भएको उनले जानकारी दिए। 

जाँचबुझ आयोगले २०६२/६३ पछिका सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्ने कार्यादेश दिइएको छ। 

भण्डारीको संयोजकत्वको आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्वडिआइजी गणेश केसी र सीए प्रकाश लम्साल सदस्य रहेको छन्।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १८:५४
प्रतिक्रिया दिनुहोस्