सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री बालेन्द्र साहले संघीय संसदमा समानुपातिक सांसदहरूसँग सामूहिक भेट गरेका छन्।
प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसदहरुलाई मात्रै भेट दिएपछि आफ्नो आलोचना भइरहेका बेला बुधवार उनले समानुपातिकतर्फका सांसदहरूसँग पनि भेट गरे।
भेटमा प्रधानमन्त्री शाहले मुलुकमा विद्यमान समस्या र त्यसका निकासका लागि सरकारले तत्काल चाल्नुपर्ने कदमका विषयमा आफूहरूसँग जिज्ञासा राखेका भेटमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले जानकारी दिइन्।
भेटमा उनले जनताको आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने, क्यान्सर रोग पीडितका लागि विशेष व्यवस्था गर्नुपर्नेलगायका विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइन्।
भेटमा सांसदहरूले आ आफनो क्षेत्रका समस्या सरकारसँग राखेका थिए।