घुमाइफिराइ भ्रष्टाचारको शंका गर्दै हर्कले मागे प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिको श्रोत

सोमबार, चैत ३०, २०८२

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क सम्पाङले मन्त्रीहरूले सार्वजनिक गरेको व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् । 

सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग राखेका हुन् ।

‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ, स्रोत प्रस्टइदिनुपर्छ ।’

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहसहित सम्पूर्ण मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्