सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
HADES नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।