यादव थरका महिला र पुरुषलाई बालेनले किस्तीमै राखेर दिए मन्त्री

शुक्रबार, चैत २७, २०८२

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार दुवै जनालाई मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। 

बिहीबार प्रधानमन्त्री शाहले दिपककुमार साहलाई श्रममन्त्रीबाट पदमुक्त गरेका थिए। त्यस ठाउँमा रामजी यादवलाई ल्याएका हुन्। 

त्यस्तै, यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको थियो। प्रधानमन्त्री शाहले नै हेरिरहेका थिए। त्यसमा गौरीकुमारी यादवलाई ल्याएका हुन्। 

उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ। अझै एक जना मन्त्री नियुक्त गर्न बाँकी छ। शाह नेतृत्वको मन्त्रिपरिषद्को पारित गरेको गरेको सय बुँदे कार्यसूचीमा मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने उल्लेख छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्