सोसल मिडिया
युनिकोड
उपसभामुखको उम्मेदवार मनोनयनको अन्तिम घडीमा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ।
यसअघि राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपाले आफूहरूलाई समर्थन गर्ने बताएका थिए। तर अन्तिममा रास्वपाले राप्रपालाई समर्थन नगर्ने र श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ।
जसअनुसार श्रम संस्कृति पार्टीका सांसद २५ वर्षीया रूवी कुमारी ठाकुर अब उपसभामुख बन्नेछिन्। उपसभामुखका लागि उनले उम्मेदवारी मनोनय पनि गरेकी छन्।
उम्मेदवारी मनोनयनमा रास्वपाका सांसद अशोक कुमार चौधरी समर्थक बसेका छन्।