देश बाहिर रहेका देउवाका जोईपोईलाई थुन्न पक्राउ पुर्जी जारी

बुधबार, चैत २५, २०८२

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान प्रयोजनका लागि दुवैजनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ ।

उक्त प्रकरणमा देउवा दम्पत्तीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान हुने जनाइएको छ। हाल भने उनीहरू नेपालबाहिर छन् ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्