अब पेट्रोलमा प्रति लिटर साढे १७ रुपैयाँ मूल्य घट्ने, डिजेलको कति ?

मंगलबार, चैत २४, २०८२

सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यो छुट पछि पेट्रोलमा साढे १७ रुपैया प्रति लिटर मूल्य घट्नेछ भने डिजेल र मट्टितेलमा प्रति लिटर ११ रुपैयाँ मूल्य घट्ने छ ।

यस अघि पूर्वाधार करका नाममा सरकारले प्रति लिटर १० रुपैयाँ लिंदै आएको थियो । त्यसमा अब प्रतिलिटर पाँच रुपैयाँ मात्र लिनेछ भने भन्सार महसुलका नाममा २५.२३ रुपैयाँ कर प्रति लिटर लिने गरेको थियो। जसमा पचास प्रतिशत कर अब घट्ने छ । साढे १२ रुपैयाँ भन्सार महसुल र ५ रुपैयाँ पूर्वाधर कर कट्टी हुदाँ अब साढे १७ रुपैयाँ प्रति लिटर पेट्रोलको मूल्य घट्ने भएको हो।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्