प्रधानमन्त्रीले एघार दिनमै मन्त्रीको वरीयतामा चलाए कैंची

मंगलबार, चैत २४, २०८२

नेपाल सरकारका मन्त्रीहरूको वरीयता हेरफेर भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति कार्यालयले आज मन्त्रीहरूको वरीयता हेरफेर गरेका हुन् ।

नयाँ वरीयाअनुसार प्रधानमन्त्री शाहपछि दोस्रो स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् । त्यसपछि क्रमश : परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ रहेका छन् । गुरुङ यसअघि तेस्रो स्थानमा थिए । अहिले उनी पाँचौँ स्थानमा घटुवा भएका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सीता बादीलाई १५औँ स्थानबाट आठौँ स्थानमा ल्याइयो छ ।

त्यस्तै, यसअघि १०औँ वरीयतामा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना झरेका छन् । श्रम मन्त्रीकी श्रीमतीलाई बीमा बोर्डको सदस्य बनाएपछि उनको आलोचना भएको छ ।

चैत १३ गते प्रधानमन्त्री भएका बालेनले ११ दिनमै मन्त्रीको वरियता हेरफेर गरेका हुन् ।1775546898816-1775547825.jpg1775546395876-1775547826.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्