एक लाख ४० हजार घुस लिने बिजुली अड्डाका हाकिमलाई अख्तियारले रंगेहात समात्यो 

मंगलबार, चैत २४, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुससहित पक्राउ परेका छन् ।

दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिएको अवस्थामा पक्राउ परेको अख्तियारले जनाएको छ ।

दासलाई कार्यालय, इटहरीबाट खटिई गएको टोलीले घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी, नगरपालिका९१ सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्