सोसल मिडिया
युनिकोड
रास्वपाको एकलौटी सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन साहले आज डाकेको आकस्मिक बैठकले सो निर्णय गरेको हो।
सरकारी कार्यालय र शैक्षिक संस्थामा चैत २३ गतेदेखि लागु हुने गरि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए । उक्त निर्णय म्यादी हुन सक्ने सम्भावना देखिएको छ।
त्यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । कार्यालय समय बिहान ९ देखि ५ बजे कायम गर्ने निर्णय पनि भएको छ।