राजनीतिक खडेरीको चपेटामा परेको एमालेले पायो राष्ट्रियसभाको उपाध्यक्ष

आइतबार, चैत २२, २०८२

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेलाई दिने सहमति भएको छ। राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट राष्ट्रिय सभा सदस्य लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको हो।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारको बैठकमा सोमबार निर्वाचनको मिति तोकेका छन् । दलीय सहमतिको आधारमा उपाध्यक्ष पद एमालेलाई दिन लागिएको हो।

दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका लागि सोमबार तय भएको हो। 

उपाध्यक्षमा निर्वाचित राष्ट्रिय सभा सदस्य विमला घिमिरेको पदावधि गत फागुन २० मा सकिएपछि निर्वाचन हुन लागेको हो । यसैगरी चार समितिका सभापतिमा पनि सहमति हुने भएको छ। सहमति अनुसार नेपाली कांग्रेस, नेकपा र जसपा नेपालले संसदीय समितिका सभापति पद लिनेछन्।  

गत माघ ११ मा भएको निर्वाचनमा भण्डारी राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६४ मा कैलालीबाट संविधानसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित थिइन् ।

२०७० मा साेही निर्वाचन क्षेत्रमा उम्मेदवार रहेकी उनी शेरबहादुर देउवासँग पराजित भएकी थिइन् । उनी त्यतिबेला माओवादीमा थिइन् । २०७४ मा भण्डारी एमालेमा प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्