झापाली अग्रवाल बाबुछोरालाई बिचौलिया भट्टको संगत फापेन, एकैदिन हत्कडी योग

आइतबार, चैत २२, २०८२

शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ ।

सोही अनुसार, उनलाई शुक्रवार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

यसअघि शुक्रवार नै शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । शंकर र सुलभ बाबुछोरा हुन्।  व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको हो । झापा भद्रपुरका अग्रवाल बाबुछोरालाई एकैदिन हत्कडी योग परेको मारवाडी समुदायमा चर्चा चलेको छ। 
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्