अर्थमन्त्रीले सहसचिव उत्तरको कप्तानीमा बजेट लेख्न बनाए समिति 

शुक्रबार, चैत २०, २०८२

सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका निम्ति औपचारिक प्रक्रिया सुरु गरेको छ । शुक्रबार (चैत २०) बजेट लेखन समिति गठन गरिएको हो ।

आउँदो वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्न र त्यसका सिद्धान्त तथा प्राथमिकता तय गर्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित समिति बनाइएको छ । राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीलाई समितिको संयोजक तोकिएको छ । समितिलाई आउँदो आर्थिक वर्षको बजेटको पूर्ण खाका तयार गर्ने जिम्मेवारी दिइएको छ । समितिका सदस्यहरूमा डा. सुमन दाहाल, डा. धनीराम शर्मा, महेश भट्टराई र सेवन्तक पोखरेल सदस्य रहेका छन्।

समितिले अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‌मा पेस गर्ने बजेट वक्तव्यको पूर्ण मस्यौदा तयार गर्ने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्