रमेश लेखकका प्यारा पूर्व सिडिओ छविलाई पुलिसले बिहानै छोप्यो

मंगलबार, चैत १७, २०८२

जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् ।

मंगलबार बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । बालेन्द्र शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनमा बल प्रयोग गर्ने अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो ।

यसअघि सरकारले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । रिजालको लेखकसँग पुरानै सम्बन्ध थियो। लेखक श्रम मन्त्री हुदाँ उनी निजी सचिव थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्