ओली र लेखकलाई पाँच दिन थुनामा राखेरै अनुसन्धान गर्न अदालतले दियो अनुमति

आइतबार, चैत १५, २०८२

काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ । सरकारी वकिलले १० दिनको समय मागेको थियो।

शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो । आनन्द प्रसाद श्रेष्ठको इजलासले म्याद थप गरेको हो।

 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्