प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद् बैठक, के-के गर्दैछन् ?

आइतबार, चैत १५, २०८२

प्रधानमन्त्री वालेन्द्र शाहले आज २ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । १३ चैतमा प्रधानमन्त्री भएका शाहले आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

सरकार बनेगलत्तै तत्काल गर्न सकिने सुधारका एक सयवटा कार्यक्रम अघिल्लो मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार राति सार्वजनिक भएको थियो । बालेनको यो दोश्रो क्याबिनेट बैठक हो। आजको बैठकले केही सचिवको सरुवा गर्ने छ भने अन्य धेरै प्रशासनिक काम सम्बन्धि निर्णय पनि गर्ने बुझिएको छ। 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्