सोसल मिडिया
युनिकोड
पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । उनी ओली सरकारका उर्जामन्त्री हुन् ।
भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।
सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्का पक्राउ परेको पुष्टि गरेका छन् । उनलाई केहीबेर अघि मात्र समातिएको हो।