ओलीको गिरफ्तारी विरूद्ध माइतीघर क्षेत्रमा प्रदर्शन, अवस्था उग्र 

शनिबार, चैत १४, २०८२

नेकपा (एमाले) निकट विभिन्न भातृ संगठनहरूले एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध माइतीघर क्षेत्रमा प्रदर्शन शुरू गरेका छन्। २३ वटा भातृ संगठनहरूले गरेको संयुक्त प्रदर्शनले त्यस क्षेत्रको सवारी आवागमन अस्तब्यस्त बनेको छ। 

कार्यकर्ताहरूले उग्र नारा लगाइरहेका छन् भने सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ। प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजिरहेका छन्।  

एमाले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो । प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्