सोसल मिडिया
युनिकोड
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा कानुनी अप्ठेरा बारे दुई प्रहरी प्रमुखको ब्रिफिङपछि गृहमन्त्री सुधन गुरुङले कानुन मन्त्रालयका सचिवलाई पनि बोलाएका छन्।
त्यसअघि गृह मन्त्रालयमा छलफल गर्दा तत्कालै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न कानुनी अप्ठेरो हुने बताएपछि त्यसलाई कसरी मिलाउने भनेर कानुन सचिव पाराश्वर ढुङ्गानालाई पनि छलफलमा सहभागी गराइएको हो।
अहिले प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, एआईजी ईश्वर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, एआईजी गणेश ठाडा मगर, गृहसचिव राजकुमार श्रेष्ठ र कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना सहभागी छन्।
यसअघि गृह मन्त्रालयमा भएको छलफलमा दुवै आईजीपीले कानुनी अप्ठेरा बारे गृहमन्त्री गुरुङलाई जानकारी गराएका थिए। त्यसपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि परामर्श गरेका थिए।
त्यसपछि प्रहरी प्रधान कार्यालयमा बैठक बस्ने गरी छुटेका उनीहरू राति फेरि जुटेका हुन्। गृहमन्त्री गुरुङले कसरी अगाडि बढ्ने भन्ने विषयमा आजै टुंगो लगाउनु पर्ने बताएका छन्। गृहमन्त्री गुरुङले भने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनु पर्ने बताएका छन्।