बालेन प्रधानमन्त्री बन्दा रवि दङ्ग, सुनाए सम्झौता नहुने भंग

शुक्रबार, चैत १३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टी संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागिरहेको बताएका छन् । सभापति लामिछानेले सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेनले पाँच वर्ष मात्र नभई त्यो भन्दा लामो समय काम गर्ने बताए ।

उनले प्रधानमन्त्रीमा कुनै आलोपालो नहुने समेत बताएका छन् । सभापति लामिछानेले भने, ‘जनतामाझ गरेको वाचा पुरा गरेका छौं, अब जनजीविकाका सवालमा काम गर्नुपर्ने दायित्व हामीसँग छ ।’ 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्