सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री पदको सपथपछि कार्यभार सम्हाल्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका भएभरका सचिवलाई राखेर कडिकडाउ कुरा गरेका छन्। प्रधानमन्त्री शाहले अब बहानाबाजी नचल्ने स्पष्ट पार्दै सोही अनुरुप काम गर्न निर्देशन दिएका हुन्।
राजनीतिक नेतृत्वको गतिसँग हिँड्न उनले सचिवहरूलाई निर्देशन दिएका हुन् । उनले सचिवहरुलाई सिधै- ‘हामी केही गर्न आएको हो । परिवर्तनका लागि हाम्रो गतिमा हिँड्नुस्, कुद्न सक्नुहुन्न भने मार्गप्रशस्त गरिदिनुस् । नयाँ आउँछन् ।’ भनेर भनेको एक सचिवले बताए।
प्रधानमन्त्री शाहले लोकसेवाको कठिन परीक्षा र अनुभवी कर्मचारीको योग्यतामाथि आफूले शंका नगर्ने र सिकाउनुपर्ने अवस्था नरहेको बताएका थिए । मन्त्रीहरू पनि राम्रै पढेलेखेका र योग्य रहेकाले सँगै अघि बढ्नुपर्ने उनले बताए ।
अब कानुनले मिल्दैन भन्ने बहानाबाजी नचल्ने पनि प्रधानमन्त्री शाहले सचिवहरूलाई बताएका थिए । ‘अब कानुनले मिल्दैन भनेर भनेर बहाना गर्न पाइँदैन । कानुनले मिल्दैन भने संशोधन गर्ने हो । त्यो हामी गरौँला । त्यसको सुविधाजनक अवस्था छ,’ बैठकमा प्रधानमन्त्रीले भनेका थिए । ‘म नेपाल हाँसेकाे हेर्न चाहन्छु’ भन्ने आफ्नै गीतको शब्द सुनाएर सोही बमोजिम गर्न निर्देशन दिएका हुन्।