सोसल मिडिया
युनिकोड
बहुदलीय व्यवस्थापछिका सबैभन्दा कान्छा व्यक्ति प्रधानमन्त्री बनेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा सबैभन्दा कान्छा मन्त्री बनेका छन्- सस्मित पोखरेल।
काठमाडौँ- ५ बाट निर्वाचित सस्मित पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने उनलाई सरकारको प्रवक्ता पनि तोकिएको छ।
मन्त्रिपरिषद्का सबैभन्दा ज्येष्ठ सदस्य हुन्- अर्थमन्त्री स्वर्णिम वाग्ले। दोस्रो वरियताका मन्त्री वाग्ले ५१ वर्षका छन्। प्रधानमन्त्री बालेन्द्र शाह भने ३६ वर्षका भए।
मन्त्रिपरिषद्का दुई सदस्यहरू सोविता गौतम (कानुनमन्त्री) र सीता वादी (महिलामन्त्री) ३० वर्षका छन् भने सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ३२ वर्षकी छन्। कृषि तथा वनमन्त्री गीता चौधरी ३३ वर्षकी छन्।
बालेनका सहपाठी भौतिकयोजनामन्त्री सुनील लम्साल ३५ वर्षका छन् भने श्रममन्त्री दीपक साह ३४ वर्षका। स्वास्थ्यमन्त्री निशा मेहता ३८ वर्षकी छन्।
सञ्चारमन्त्री बिक्रम लुइँटेल ४३ वर्ष पुगेका छन्। त्यस्तै, गृहमन्त्री सुदन गुरुङ ३८ वर्षका छन् भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उमेर ४४ वर्ष छ।
पर्यटनमन्त्री खडक (गणेश) पौडेल ४६ वर्षका छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल ४७ वर्ष पुगेका छन्।
बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले जेनजी आन्दोलन तथा आगजनीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।