म्यादी सभामुख केसीले नयाँ सांसदलाई खुवाए शपथ

बिहीबार, चैत १२, २०८२

प्रतिनिधिसभाका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा सदस्यहरूलाई शपथ खुवाएका छन् । 

सिंहदरबारस्थित निर्वाणाधीन संसद भवनमा  बिहीबार उनले शपथ खुवाएका हुन् ।

नवनिर्मित संसद भवनको बहुउदेश्यीय सभा हलमा सांसदहरूले शपथ ग्रहण गरेका हुन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरू सपथ ग्रहणका क्रममा आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर शपथ ग्रहण स्थलमा पुगेका थिए ।   

सभामुखको निर्वाचन नभएको अवस्थामा संसद्को जेष्ठ सदस्यले सांसदहरूलाई शपथ खुवाउने कानुनी प्रावधान छ । ६३ जना सांसदले नेपाली बाहेकको भाषामा शपथ लिएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्