सोसल मिडिया
युनिकोड
जेन–जी विद्रोहको अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको रणनीतिक कमजोरी रहेको उल्लेख गरेको छ । प्रतिवेदनमा मातहतका प्रहरी कर्मचारीको मनोबल गिर्ने गरी कार्कीले भूमिका खेलेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तत्कालीन अतिरिक्त महानिरीक्षक तथा हालका महानिरीक्षक कार्कीले आवश्यताअनुसारको आदेश नदिएको र रणनीति नबनाएको भन्दै आयोगले प्रतिवेदनमा त्यसपछि विध्वंश भएको उल्लेख गरेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘प्रहरीले ब्ल्याकेट रूपमा आदेश प्रवाह गरेका कारणबाट धेरै प्रहरी कर्मचारीहरूको मनोबल गिरी प्रहरी वृत्त, प्रभाग, बिट, चौकी छोडी गएको देखिन्छ । सबै प्रहरी इकाइहरूलाई प्रहरीको मनोबल नखस्किने गरी आफ्नो कार्यालयमाथि आक्रमण हुने र हतियार लुट्नसक्ने सम्भावना देखिएमा सो को लगत राखी थुनवाहरूलाई हाजिरी जमानीमा छोडी आक्रमणकारीहरूसँग प्रतिकार गर्ने र गर्दागर्दै थप मद्दत आउन नसक्ने अवस्था भएमा र आफूसँग भएको गोलीगठ्ठा पनि सकिँदै जाने परिस्थिति सिर्जना भएमा मात्र आफू र हतियार सुरक्षित हुने गरी ट्याटिकल विथर्ड गर्ने भन्ने मातहत प्रहरी इकाइहरूलाई स्पष्ट आदेश दिनुपर्नेमा सो गरेको देखिएन । जसका कारण उपत्यकामा केही घण्टाभित्रै ठूलो संख्यामा आगजनी तोडफोड, हतियार, गोलीगठ्ठा धनसम्पत्ति लुटपाट भयो । यसमा आदेश दिने तत्कालीन काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख हाल प्रहरी महानिरीक्षकको रणनीतिक कमजोरी देखिन्छ ।’
मातहतका इकाइलाई आवश्यकताअनुसार आदेश नदिएको र कार्यान्वयवन नगरेको आरोप पनि प्रतिवेदनमा लगाइएको छ ।