सोसल मिडिया
युनिकोड
प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गरेका छन्। उनी म्यादी सभामुख हुन् ।
बुधबार दिउँसो केसीले सिंहदरबारस्थित संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गरेका हुन्।
अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद लोकतन्त्रको मूल आधार भएको बताए। उनले संसदबाट आउने विभिन्न विचारहरूको संयोजन गरेर साझा निष्कर्ष निकाल्नुपर्ने भन्दै आफू सक्रिय रुपमा भूमिका खेल्ने बताए।
उनले भने, ‘लोकतन्त्रको मूल आधार थलो रुपमा रहेको संसदमा भिन्न विचारहरू आउँछन्। त्यसलाई संयोजन गरेर सहमतिपूर्ण ढंगले निष्कर्ष निकाल्नुपर्ने हुन्छ। त्यसकारण म जति समय रहन्छु संसद सञ्चालन गर्न समय पाउँछु कि पाउँदिन त्यो त थाहा छैन। तद्अनुसार संसदको रक्षकको रुपमा र जनप्रतिनिधिहरूको विषेशाधिकारको रक्षा गर्नेगरी भूमिका खेल्छु।’
यसअघि बुधबार नै उनले ज्येष्ठ सदस्यको रुपमा पद तथा गोपनियताको शपथ लिएका थिए।