कांग्रेस सभापतिबाट दिएको राजीनामा निष्क्रिय भएपछि गगन खुसीले गद्-गद्

मंगलबार, चैत १०, २०८२

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टी कार्यायल सानेपा पुगेका छन् ।

थापा राजीनामा अस्वीकृत भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सभागी हुन केहीबेरअघि सानेपा पुगेका हुन् । आज दिउँसो साढे १ बजे कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

थापाले चुनावी परिणामलाई लिएर सभापति पदबाट राजीनामा दिएका थिए । यद्यपि, पार्टीको बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो ।

आजको बैठकमा सभापति थापाले चुनाव र अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा बन्ने सरकारको विषयमा धारणा सार्वजनिक गर्ने तय भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्