बीमा प्राधिकरणले यी आठ वटा अटेरी कम्पनीमाथि बर्सायो डण्डा 

मंगलबार, चैत १०, २०८२

नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स, रिइन्स्योरेन्स तथा रिइन्स्योरेन्स ब्रोकर्स कम्पनी गरी ८ वटा संस्थालाई डण्डा बर्साएको छ। 

बीमक/पुनर्बीमक/पुनर्बीमा दलाललाई जारी गरिएको बीमा ऐन, २०७९ तथा प्राधिकरणबाट जाी भएका निर्देशनहरूको पालना नगर्ने यी कम्पनीहरू प्रधिकरणको कारबाहीमा परेका हुन् । 

कारबाही पर्नेहरूमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स, दि ओरिएन्टल इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड कारबाहीमा परेका छन् । 

यसैगरी एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स कम्पनी, नेको इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा ऐन, २०७९ अनुसार कारबाही गरिएको प्राधिकरणले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्