केन्द्रीय कमिटीलाई मसला चाहिएपछि एमालेले माग्यो निर्वाचनको समीक्षा प्रतिवेदन

सोमबार, चैत ९, २०८२

नेकपा (एमाले) ले प्रतिनिधि सभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। 

निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन तल्ला कमिटीलाई निर्देशन दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए। एमालेका तल्ला कमिटीले निर्वाचनको समीक्षा गरिरहेका छन्। 

एमालेको वडा कमिटीमै निर्वाचन समीक्षा गर्न बनेको छ। वडा, पालिका, जिल्ला र प्रदेश हुँदै समीक्षा प्रतिवेदन केन्द्रमा आउनेछन्। त्यसपछि केन्द्रमा पनि समीक्षा हुने डा. अधिकारीले बताए। ‘तल्ला कमिटीले पठाएको सुझावका आधारमा निर्वाचनको समीक्षा गर्नेछौँ,’ उनले भने। 

निर्वाचनको समीक्षा गर्नका लागि चाँडै केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी भइरहेको उनले बताए। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता पराजित भएका थिए। 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्