नयाँ सांसदलाई सपथ खुवाउने ज्येष्ठ सदस्य केसीले सोमबार सपथ खाने

आइतबार, चैत ८, २०८२

फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ सोमबार हुने भएको छ ।

केसीको शपथ भोलि बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुन लागेको हो । 

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उनैले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने व्यवस्था कानुनमा छ । 

संघीय संसद सचिवालयले १२ चैत दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ । उनीहरूलाई केसीले शपथ खुवाउनेछन् । 

केसीले प्रतिनिधिसभाबाट सभामुख निर्वाचित नहुँदासम्म सभाको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेर सभा पनि सञ्चालन गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्