सोसल मिडिया
युनिकोड
कांग्रेसको चुनावी समीक्षा बैठक आइतबार पनि सुरु भएको छ।
फागुन २१ गते भएको चुनावमा पार्टीले अप्रत्यासित हार व्यहोरेपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएर शुक्रबारदेखि छलफल सुरु गरेको थियो।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षाको रिपोर्ट पेश गरेका छन्। उक्त रिपोर्टमाथि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकमा छलफल सुरु भएको हो।
आइतबार पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनाबारे पनि छलफल गर्ने कार्यसूची रहेको छ।
चुनाव समीक्षामा हारको समीक्षा, सभापति थापाको राजीनाबारे छलफल गर्नुका साथै पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरणका विषयमा निर्णय हुनेछ।