सोसल मिडिया
युनिकोड
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य नियुक्तिका लागि सरकारले गरेको सरकारको निर्णय राष्ट्रपति कार्यालयमा ‘होल्ड’ भएको छ।
चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गरेको गरेको थियो। मन्त्रिपरिषद्को सिफारिस चैत ३ गते नै शीतलनिवास पुगे पनि राष्ट्रपति रामचन्द्र पौडेलले कुनै निर्णय गरेका छैनन्।
गृहमन्त्री रहेकै वेलामा अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको व्यापक आलोचना भएको थियो। अर्यालको रासिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ।
त्यसैले मन्त्रिपरिषदेको त्यो सिफारिस तत्कालका लागि होल्डमा रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। नयाँ सरकार आएपछि मात्र राष्ट्रपति पौडेलले यसबारे निर्णय गर्ने उसको दाबी छ।