सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने भएको छ।
संघीय संसद सचिवालयले सूचना जारी गर्दै शपथ चैत १२ गते दिनको २ बजे हुने जानकारी गराएको छ। नेपाली भाषाबाहेक अन्य भाषामा पनि शपथ लिन सकिने सूचनामा जनाइएको छ।
शपथ सिंहदरबारस्थित निर्माणाधिन संसद भवनमा हुनेछ। संसद भवन निर्माण अहिले पनि जारी रहेको छ। शपथका लागि सांसदमा निर्वाचित भएको प्रमाण पत्र, नागरिकता र दुई प्रति फोटोसमेत साथमा लिएर उपस्थित हुन संसद सिचवालयले आग्रह गरेको छ।
बिहीबार मात्र आयोगले औपचारिक रुपमा चुनावको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो भने संसद सचिवालयले पनि राष्ट्रिय दलका मान्यता पाएका छ दलका प्रतिनिधिसँग छलफल गरेको थियो।