सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगले आज बिहीबार समानुपातिक सांसदको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल भने गएनन्।
केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य समेत हुन् । नेता केसीले कार्यव्यस्तताका कारण आफू बाहिर रहेकाले जान नसकेको बताए । ‘म एउटा कार्यक्रमका सिलसिलामा बाहिर थिएँ । सोही कारण जान भएँ । प्रमाणपत्र प्रतिनिधिले लिनु भएको छ’, उनले भने ।
यस्तै नेता बादल भने अनुपस्थित रहनुको कारण खुलेन । उनलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् । सम्भवत बादल एमाले संसदीय दलको नेता हुनेछन्। ७८ वर्षे केसीले नयाँ सांसदलाई सपथ गराउनेछन्। वरिष्ठ देखिएका दुई सांसद आयोगको मुख्यालय बहादुर भवन नजानुलाई फरक ढंगले हेरिएको छ।