सोसल मिडिया
युनिकोड
रास्वपा सभापति रवि लामिछानेले मन्त्री बन्न दाैडधुप नगर्न सांसदहरूलाई चेतावनी दिएका छन् ।
सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै लामिछानले मन्त्री बन्न दाैडधुप गर्ने परिपाटी अन्त्य हुनैपर्ने बताए ।
'मन्त्री बन्न कहीँकतै दाैडधुप नगर्नुहोला । यो पसल बन्द हुनैपर्छ । घरघर धाउनुपर्दैन । कसैँसँग फोटो खिच्ने काम नगर्नुहोला', उनले भने ।
उनले पार्टीमा गुटबन्दी नगर्न पनि चेतावनी दिए । 'गुट नबनाउनुहोला । गुट बनाएर कांग्रेस एमालेलाई जित्न सकिँदैन', लामिछानेले भने, 'मकेन्द्रित राजनीति नगराैँ । देशकेन्द्रित गराैँ ।'