सांसदलाई अभिमुखीकरण दिने कार्यक्रममै जान नभ्याउने गरि बालेन के मा भए बिजी ?

मंगलबार, चैत ३, २०८२

रास्वपाका सभापति रवि लामिछाने स्वास्थ्यलाभ गरिरहेका छन् । उनी हिजो मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । रास्वपाले सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरणको समापन समारोहलाई उनले सम्बोधन गर्ने तालिका रहेको बारे हिजै जानकारी दिइएको थियो ।

आज बिहान सार्वजनिक कार्यतालिकामा उल्लेख भएअनुसार दुईदिने अभिमुखीकरणको समापनसत्रलाई भोलि रविले सम्बोधन गर्नेछन् । तर, त्यसमा वरिष्ठ नेता बालेन शाहबारे केही उल्लेख गरिएको छैन । यसबारे आज कार्यक्रमस्थलमा सांसदहरूबीचमै कानेखुसीसमेत चलेपछि रास्वपा उपसभापति डीपी अर्यालले मुख खोलेका छन् । 

उनले सभापति लामिछाने स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेको बताए । वरिष्ठ नेता बालेन भने व्यस्त भएका कारण उद्घाटन समारोहमा आउन नसकेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्